Jan. 24, 2021 | Keshab Bairagi Mailo

विश्व भूटानी साहित्यिक संघठनद्वारा आगामी साता देखि सञ्चालन हुन लागेको अनलाइन बाल नेपाली भाषा कक्षाको उद्घाटन समारोह आज एक भर्चुअल कार्यक्रम मार्फत सम्पन्न भएको छ । कार्यक्रम जि .बि .एल .ओ अध्यक्ष कर्ण गुरुङको सभापतित्व तथा सुरेन्द्र लिम्बु परदेशीको प्रमुख आतिथ्यमा रहेको उक्त थियो भने देवी राईले कार्यक्रम सञ्चालन गर्नु  भएको थियो ।

कार्यक्रममा थुप्रै समाज सेवी तथा साहित्यकारहरूको उपस्थिति रहेको थियो । वरिष्ठ साहित्यकार गोबिन्द गिरि प्रेरणा , प्रोफेसर डा. भिम खतिवडा, वरिष्ठ साहित्यकार डा. मधु माधुर्य श्रेष्ठ लगायत अन्य अतिथि ले नेपाली भाषा प्रतिको मोह र आवश्यकता बारे छोटो सान्दर्भिक मन्तव्य राख्नु भएको थियो । नयाँ पुस्तालाई वैज्ञानिक तरिकाले शिक्षा दिन सके मात्र फलदायी हुने कुरा कार्यक्रममा वक्ताहरूले पेस गर्नु भएको थियो । नेपाली कक्षाका लागि आवश्यक सामाग्रीको पनि जोहो भइसकेको कार्यक्रममा जानकारी गराइएको थियो ।  कार्यक्रमलाई अझ ओझिलो बनाउन यदु अधिकारी र लक्की रासीले सृजना वाचन गर्नु भएको थियोे । कार्यक्रमको अन्तिम प्रहरमा बालबालिकाहरूले केही  मौलिक गीत तथा भजन गाएका थियो ।  आइतबार  देखि कक्षा सञ्चालन हुने र अभिभावकहरूलाई आफ्ना नानीहरूको फाराम भरिदिन हुन् संस्थाका अध्यक्ष कर्ण गुरुङले अनुरोध गर्दै कार्यक्रम समापन भएको घोषण गर्नु भयो ।

Leave a comment