३१ जनवरी २०२१ | केशब बैरागी माइलो

जि . बि .एल. ओ द्वारा सञ्चालित बाल नेपाली शिक्षा कार्यक्रमको पहिलो दिनको कक्षा सम्पन्न भएको छ । पहिलो दिन धेरै बालबालिकाको उपस्थिति थियोे भने नेपाली भाषा सिक्न प्राय नानीहरू उत्साहित देखिएका थिए। शिक्षिका ममता तामाङले   बालबालिकाको परिचयबाट कक्षाको श्रीगणेश गर्नुभएको  थियो । कक्षा सुरुवात हुनु भन्दा अघि संस्थाका भुतपुर्व अध्यक्षले नेपाली बाल शिक्षाको स्वरूप र महत्व बारे जानकारी गराउनु भएको थियोे । परिचय पछि शिक्षक यदुनाथ अधिकारीको सहयोगमा बालबालिकाहरूले सरस्वती बन्दना गायेर औपचारिक कक्षा सुरू गरिएको थियो।

पहिलो दिन भएकाले अभिभावकको समेत परिचत्यमक कार्यक्रम रहेकोे थियो र साथमा बालबालिकाका घरमा नेपाली भाषा सम्बन्धि के कस्ता समस्य  छन् भन्ने प्रश्नमा  धेरै अभिभावकले आफ्ना नानीहरूले आधा अंग्रेजी र आधा नेपाली बोल्ने बानी बसिसकेको गुनासो सुनाएका थिए । यसै नेपाली बाल शिक्षाको माध्यमबाट आफ्ना  नानीहरूले नेपाली बोल्न सक्ने ठूलो आशा गरेको अभिभावकहरू प्रतिकृया थियो |

कक्षाको अन्तिम चरणमा नानीहररूले कसैले गीत त कसैले भजन गाए भने कसैले कलाकारहरूको नक्कल गर्दै कक्षाको माहोल अझ रोचक बनाएका थिए ।

 नेपाली भाषा प्रतिको मोह बढ्दै गएको र भविष्यमा सुधार हुँदै जानेछ । हामीले आफ्ना नानीहरूलाई सकेसम्म घरमा नेपाली बोल्न सहयोग गरौं भोलिको भविष्य उज्ज्वल हुँदै जानेछ ।

                   

Leave a comment