May 29, 2022 | शेखर कोइराला

अमेरीकाको हेरिस्वर्गमा हुन लागिरहेको बृहद अन्तर्राष्ट्रिय सृजनात्मक अनुष्ठान पाँचौं सृंखलाको बिषयमा पत्रकार सम्मेलन गरि आज कार्यक्रमहरु सार्वजनिक गरिएको छ । विश्व भूटानी साहित्यिक संगठन (GBLO) वि. भू. सा. स केन्द्रीय शाखा हेरिस्वर्गको आयोजनामा हुन लागिरहेको अनुष्ठानको बारेमा डिजिटल प्लेटफर्म जुम मार्फत पत्रकारहरुलाई जानकारी गराईएको हो । 

समाजको बिकासका लागी भाषानै प्रमुख बिषय रहेकोले भाषाको संरक्षण, सम्बर्धन र बिकासले समाजको पनि सार्वभौम बिकास हुने भन्दै कार्यक्रमलाई सफल बनाउन विश्वभरी रहेका नेपाली भाषी साहित्यकारहरुलाई एकै थलोमा भेला पार्न लागिएको आयोजक संस्था जिबिएलओका संस्थापक अध्यक्ष डेन्जोम साम्पाङले जानकारी दिनुभयो । 

अमेरीकाको हेरिस्वर्गमा आगामी जुलाई २९ देखी ३१ तारिख सम्म तिन दिन सञ्चालन हुने कार्यक्रममा पुस्तक विमोचन, कार्यपत्र, सिद्धान्त माथि बहस, साहित्यिक साँझ सहित साँस्कृतिक साँझ, झाँकी र स्रष्टा भ्रमण गरि बिभिन्न उत्कृष्ट कार्यक्रमहरु राखिएको जिबिएलओका अध्यक्ष कर्ण गुरुङले जानकारी दिनुभयो । यसका साथै यस पटक देखी नेपाली साहित्यमा विशिष्ट योगदान गर्नुहुने अग्रजलाई सम्मान समेत गरिने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । पहिलो पटक अग्रज साहित्यकार लिला बहादुर क्षेत्रीलाई आजीवन साहित्यिक पुरस्कार (Lifetime Achievement Award) दिन लागिएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । यो कार्यक्रम साहित्यकार एवं सिक्किमका पूर्व मुख्यमंत्री पवन चाम्लिङको प्रमुख आतिथ्यमा रहने छ लगायत कार्यक्रममा नेपालमै रहेर नेपाली भाषाको क्षेत्रमा विश्व समुदाय समक्ष परिचित प्रा.डा. गोविन्दराज भट्टराई,साहित्यकार मुक्ति बराल लगायतको सहभागीता रहने आयोजक समितीले प्रष्ट पारेको छ ।कार्यक्रममा भारतको सिक्किम विश्वविद्यालयको भाषा तथा सहित्य बिभागका डिन प्रा.डा. कविता लामाले कार्यपत्र प्रस्तुत गर्नुहुने छ भने भारत, न्युजिल्यण्ड, क्यानाडा, डेन्मार्क, अस्ट्रेलिया लगायतका देशहरुबाट समेत विशिष्ट साहित्यिक व्यक्तित्वहरूको सहभागीता रहने कार्यक्रमका प्रचार प्रसार सम्योजकले जानकारी दिनुभयो। यस कार्यक्रमा रेडियो नेपालका अग्रज पत्रकार अमरधोज लामाले बालापनमा पढेको “बसाईँ” उपन्यासलाई आफ्नै आँखामा राखेको र यस तहको पुरस्कारले सम्मानित भएको देख्नु पनि साहित्य जगतको विशिष्ट उपलब्धि भएको जनाउनु भयो। यसै क्रममा वि वि सी नेपालका झापा संवाददाता उमाकान्त खनालले पनि पुरस्कृत हुने  साहित्यकार श्री लिला बहादुर क्षेत्रीलाई अग्रिम बधाई तथा यस कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नु भयो।

कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ कलाकार, निर्देशक एवं पत्रकार श्दिनेश डि सी ले  चलचित्र “बसाईँ” को एक पात्र रहेर काम गर्नु भएको र सोहि उपन्यास पुरस्कृत भईरहँदा आफु स्वयं पुरस्कृत भएको महसुस गरेको बताउनु भयो।

कार्यक्रममा वर्तमान अध्यक्ष कर्ण गुरूङले कार्यक्रममा उपस्थित सम्पूर्ण पत्रकारहरूलाई सम्वोधन गर्दै उल्लेखित विषयलाई साहित्य,संगीत लगायत अरू विभिन्न तहबाट यस कार्यक्रमलाई सफल बनाउनका निम्ती हातेमालो गरेर अगाडी बढ्न पनि आव्हान गर्नु भएको छ। संस्थापक अध्यक्ष डेनजोम साम्पाङले स्वीकारोक्ति दर्शन र यसका वैज्ञानिक एवं प्राकृतिक तत्वहरूको समिक्षणबाट सामाजिक गतिविधि अवलोकन गरि यसमा भएका परिवर्तनहरूको एकमुष्ट समाधान गर्न सहयोग पुर्याउने उदेश्य रहेको जनाउनु भयो। उक्त कार्यक्रम अमेरिकाको पेन्सिलभेनिया सुन्दर नगरी अन्तर्गत हेरिस्वर्ग केन्द्रीय शाखाले सोहि शहरको स्थानिय संस्था भूटानी समाज हेरिस्वर्ग( Bhutanese Community In Harrisburg) को संलग्नता, साथै यसै शहर र नजिकका शहरहरूका विभिन्न संसंस्था एवं व्यवसायहरूको प्रवर्द्धन हुने जानकारी भएको छ ।यस कार्यक्रममा स्थानिय तहका जिल्ला प्रमुखहरू, विद्वान वयक्तित्वहरू, भूटानी कलाकार र यस राज्यका गोभर्नर (Governor) को पनि उपस्थिति रहने छ। यो कार्यक्रम जुलाई २९ देखि जुलाई ३१ सम्म गर्न लागेको कुरा आयोजक समितीबाट प्रश्ट भएको छ । यो कार्यक्रम सप्तरङी एफ एमका प्रबन्ध निर्देशक गीरीराज भट्टराईले संचालन गर्नु भएको थियो र कार्यक्रमको समायोजन GBLO का प्रचार प्रसार संयोजक अर्जुन प्रधानले गर्नु भएको थियो।

Leave a comment